×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026

धितोपत्र विधेयकमा छलफल, कांग्रेस भन्छ, ‘विधेयकले पूँजीबजारलाई नियन्त्रण गर्छ’

२९ फाल्गुन २०७६

२९ फागुन, काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले शेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सिमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गरे । उनले नेपालको धितोपत्र बजारमा १५/१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताए ।

Advertisement
Advertisement

उनले भने ‘सानो सानो पूँजी लिएर केही हजारको पूँजी पनि बैंकमा निक्षेप राख्ने कि ? शेयर बजारमा शेयर किन्ने कि ? सानो व्यवसाय केही गर्ने कि ? भन्ने छनौट गर्ने एउटा आधार पाउनुभएको छ पूँजी बजार । आफैले ठूलो जोखिम लिन नसक्ने उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन्छुु भन्न चाहने साना मझौला बचतकर्ताको लागि पनि पूँजी बजार एउटा उपयुक्त माध्यम हुन्छ । त्यो भएर म्युचुअल फण्ड जस्ता अवधारणाहरु पनि यहाँ ल्याइन्छ । त्यसै गरी थोरै शेयर हाल्न चाहनेहरुको लागि पनि शेयर सुनिश्चित गरिदिने व्यवस्था पनि यहि धितोपत्र ऐन र यसको नियमावलीले व्यवस्थित गरेको हुन्छ र त्यसैको आधारबाट अव नेपालीहरु थोरै पूँजी भएपनि कुनै न कनुै रुपमा कुनैपनि सम्पत्तिको मालिक बन्न सकुन् । जमिन होला अथवा अरु किसिमको उद्योग कारखानामा पूँजी होला र शेयर बजारमा पनि सहभागिता भयो भने त्यसले अलिकति आफ्नो पूँजी निर्माणमा पनि सहयोग गर्छ भन्ने हिसाबले पनि ल्याउन खोजिएको छ यो विधेयक । यसमा भएको व्यवस्था अनुसार सामान्य भन्दा समान्य व्यक्तिलाई पनि शेयर बाजरमा पहुँच पु¥याउनको लागि गर्नुपर्ने कुराहरु सरकारले गरिराखेकै छ । केही समय अगाडि देखि केही जलविद्युत आयोजनामा हजारौंको संख्यामा शेयर सहभागिता हुँदै आएको छ । एकदमै आय स्तर कम भएका व्यक्तिहरुले पनि शेयर किन्न सक्ने व्यवस्था गरिएको छ कुनै न कुनै रुपमा । लघुवित्त संस्थाहरुबाट ऋण लिएर भएपनि शेयर किन्न सक्ने व्यवस्था सम्म पनि गरिएको छ । त्यसैले यसलाई अब सिमित वर्गहरुको पूँजीपतिहरुको मात्रै पूँजी कारोबार गर्ने अवस्था हो भन्नुपर्छ भन्ने मलाई लाग्दैन् ।’ उनले प्रस्तावित विधेयक पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताए ।

मन्त्री खतिवडाले कम्पनीको वित्तीय अवस्था, भावि आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नुपर्ने बताए । कोरोना भाइरसका कारण पनि शेयर बजारमा उथलपुथल देखिएको उल्लेख गर्दे उनले अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गर्नुपर्ने बताए । विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नुभन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने बताए ।

सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षाका लागि थप व्यवस्था लैजानुपर्ने बताए । नियमक निकायलाई ट्याक्स लगाउन हुन्न भन्ने विश्वव्यापी मान्यता अनुसार ट्याक्स नलगाउन पनि उनले आग्रह गरे । उनले केही समय अर्थमन्त्रीको छायाँसँग पनि शेयर व्यवसायीहरु डराएको र त्यसको प्रभाव शेयरबजारमा देखिएको बताए । उनले भने ‘अहिले केही समय अर्थमन्त्री ज्यूको छायाँसँगपनि शेयर व्यवसायीहरु डराइराखेको अवस्था छ । मलाई लाग्दैन अर्थमन्त्री ज्यू खुला अर्थनीति र खुला अर्थतन्त्रको विरोधी हुनुहुन्छ । तर के कारणले हो थाहा छैन अर्थमन्त्रीको बर्हिगमन हुँदै छ भनेपछि ह्वात्तै शेयर बजार बढ्ने र अर्थमन्त्री फेरी आउनेवित्तीकै अस्तिमात्रै १६ सय बाट १३ सयमा घटेको अवस्था छ । त्यसैले अर्थमन्त्रीज्यूलाई स्वतन्त्र किसिमले हामीले पुरै पूँजी परिचालन गर्नुपर्ने लगानीलाई प्रोत्साहन गर्ने हो यसमा एकपटक आर्थमन्त्रीले नेपाली पूँजी बजारमा आएको अव्यवस्थित कारणमा बोल्नुपर्ने देख्छु । यसलाई यहिनै हुनुपर्छ भन्दा पनि अर्थमन्त्रीको छायाँसँग अहिले शेयर डराइराखेको छ यो यथार्थ हो ।’

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकसित मुलुकमा पूँजीको सहि परिचालन भएर मात्रै विकास सम्भव भएको दृष्टान्त दिदै पूँजी बजारको विकास गर्ने महत्वपूर्ण निकायलाई पनि नियन्त्रण गर्ने किसिमले विधेयक आएकाले संशोधन आवश्यक रहेको बताए ।

सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेलहरुलाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र वोर्ड नै भएकाले यसलाई बलियो बनाउनुपर्ने बताइन । पूँजीबादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पूँजी निर्माणको महत्वपूर्ण आधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने उनको तर्क थियो ।

Advertisement

सांसद शेरबहादुर तामाङले निश्कृय रहेको पूँजी बजारमा ल्याउनका लागि शेयर बजारले सहयोग गर्ने बताए । त्यसैगरी सांसद गजेन्द्रबहादुर महतले जनतासँग निश्कृय भएर बसेको पैसा नयाँ उद्योग कलकारखाना स्थापना गर्न प्रयोग हुनुपर्नेमा शेयर कारोबारमा मात्र सिमित भएको बताए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top