क्यानडाका प्रधानमन्त्री जस्टिनकी पत्नीलाई कोरोना संक्रमण

२९ फागुन ७६, शुक्रबार

३० फागुन, एजेन्सी ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

बिहीबार राति क्यानडेली प्रधानमन्त्रीको कार्यालयले सोफीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको हो ।  सोफीको स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको पनि क्यानडेली सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिन आइसोलेसनमा बस्ने भएका छन् । कुनै लक्षण नदेखिएकाले उनले भने कोभिड–१९ को परीक्षण गर्नु नपर्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ट्रुडोले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

Advertisement

बिहीबार बेलायतबाट फर्केपछि सोफीलाई ज्वरो आउन थालेको थियो । क्यानडामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने १३२ जनामा संक्रमण देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top