आरोही दावाले सगरमाथा आरोहण गर्ने

८ चैत ७४, शुक्रबार

काठमाडौँ, चैत ९
नेपाली ब्राण्डका चिया तथा कफीलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले आरोही दावा शेर्पाले यही चैत २० गतेदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेभएका छन् ।

दोलखाको गौरीशंकर नगरपालिका–९ सिमीगाउँकी २४ वर्षीया शेर्पाले सगरमाथामा राष्ट्रिय झण्डा फराउँदै त्यहाँको वातावरणमा चिया र कफी तयार गरी अन्य आरोहीलाई वितरण गर्नेछीन् ।

व्यवस्थापनमा स्नातक तह अध्ययन पूरा गरेकी शेर्पाको आरोहणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायत व्यवसायी संघ संस्थाले सहयोग गर्ने बताइएको छ ।

Advertisement

उक्त आरोहण करिब तीन सातामा पूरा गरिने आरोही शेर्पाले जानकारी दिईन् । यसअघि उनले दोलखाकै छ हजार मिटर अग्लो राम्दुङ हिमाल र पाँच हजार मिटर अग्लो यालुङ हिमाल आरोहण गरिसकेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले मुलुकको चिया तथा कफी उद्योगको विकासका लागि शेर्पाले गर्ने आरोहण महत्वपूर्ण रहेको बताउँदै बोर्डले आगामी दिनमा उनलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top