कोरोनाको आशंकामा पाँचजना विदेशी नागरिक टेकु अस्पताल भर्ना

४ चैत, काठमाडौं । कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालले जानकारी दिएको हो ।  अस्पतालका अनुसार पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरूलाई सोमबार भर्ना गरिएको थियो ।

एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार भइरहेको छ । आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको र आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरिएको समेत अस्पतालले बताएको छ ।

Advertisement

सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्नेछ । टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन् । यो बेला थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने टेकु अस्पतालले बताएको छ ।

पाटनमा पनि सातवटा मात्र आइसोलेसन बेड छ । पाटनमा बिरामी भरिए अस्पतालले सशस्त्र अस्पतालमा पठाउनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top