६ किलो चरेससहित कलङ्कीबाट भारतीय नागरिक पक्राउ

५ चैत ७६, बुधबार
Share this
752shares

५ चैत्र, काठमाडौँ ।
नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

Advertisement

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top