महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

काठमाडौं – संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे संसदले नयाँ नियम बनाउने भएको छ । आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा यो खबर छापिएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा छलफलका लागि प्रस्तुत यसअघिको व्यवस्थापिका संसदको भन्दा केही फरक नियम समेटिएको छ ।

संघीय संविधानअनुसार प्रदेशसभासमेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको छ ।

कुनै प्रदेशको सिमाना परिवर्तन गर्नुपरे सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने संघीय संसदको नियमावलीमा राखिएको छ ।

संविधानको अनुसूची ६ मा समावेश प्रदेशका अधिकारसम्बन्धी संसोधन गर्नुपरे पनि प्रदेश सभाको सहमति लिनुपर्ने गरी संघीय संसदको नियम बन्दै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.