उपमेयरले आफनै वडा अध्यक्ष र सदस्यमाथि हातपात गरेपछी…

९ चैत ७४, शनिबार

सुनसरी, चैत १०
सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले आफनै वडा अध्यक्ष र सदस्यमाथि हातपात गरेकी छन । स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिको संयोजक समेत रहने उपमेयर साहले दुहबी नगरपालिका ५ नं वडाका वडा अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन ।

५ नं वडामा रहेको सरस्वती उच्च मा.बि खेल मैदानको निर्माण सम्बन्धि अनुगमनको गरिदिन भन्दै नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङमाथि नगरपालिका प्रागणमै कुटपिट भएको हो ।

खेल मैदानको निर्माण सम्पन्न भइसकेको र अनुगमन गरेर बजेट फर्साेटको प्रकृया शुरु गरिदिन भनेपछि दुवै पक्ष बिच शुरुमा बिवाद उत्पन्न भएको थियो । पछि उपमेयर साहले आफना श्रीमान सुनिल साहलाई बोलाएर आफुहरुलाई कुटपिट गरेको वडा सदस्य तामाङले बताए ।

निर्माण सम्बन्धिको फायल समेत उपमेयरले नियन्त्रणमा लिइ बिकास निर्माणको कामलाई रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए । कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबी नगरपालिका दिनभर घेराउ गरेका थिए ।

यता घटनाको बिषयमा जानकारी दिदै मेयर बेद गच्छदारले शुरुमा कुटपिट नभइ सामान्य विवाद मात्र भएको बताएका थिए । पछि कुटपिट गरेको भिडियो नै सार्वजनिक भएपछि जनप्रतिनिधिले हात हाल्नु गल्ती भएको उनले स्वीकार गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top