कोरोना संक्रमणको उच्च जोखिममा भारतीय नाका

कोरोना संक्रमणको उच्च जोखिममा भारतीय नाका

७ चैत, काठमाडौँ ।  गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सर्तकता अपनाउने निर्णय गरेको छ ।

कोरोना भाइरस देशभित्र भित्रिन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सीमा नाकाबाट कोरोना भाइरस संक्रमितलाई नेपाल भित्रिन नदिन थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो ।

कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बिहिबार गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्याकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट संक्रमणको जोखिम उच्च रहेको, उत्तरतर्फका नाकाभन्दा दक्षिणको नाकाबाट जोखिम बढेको र भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पर्न सक्नेतर्फ सचेत रहन सीमा नाकामा हुने चेकजाँचलाई थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.