७ चैत, काठमाडौं ।
सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस रोकथामका लागि सरकारको कामका बारेमा देशबासीका नाममा सम्बोधन गर्ने क्रममा यस्तो जानकारी गराएका हुन् ।