बहराइनमा रहेका ३ जना नेपालीलाई कोरोना भाईरसको संक्रमण

९ चैत ७६, आइतबार
Share this
745shares

९ चैत, काठमाडौँ ।
बहराईनमा रहेका ३ जना नेपाली कामदारलाई कोरोना भाईरसको संक्रमण भेटिएको छ । यद्यपी उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको जनाईएको छ । उनीहरु अलग–अलग कम्पनीमा कार्यरत थिए ।

Advertisement

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताउँदै एक महिलासहित ३जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको जानकारी दिए । उनले क्वारेन्टाइन निकै व्यवस्थित रहेको बताए।

उनीहरु कार्यरत कम्पनीमा रहेका कामदारलाई पनि निगरानीमा राखिएको उनले बताए। बहराइनमा हालसम्म ३०५ जनामा कोरोनाको संक्रमण देखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top