९ चैत, काठमाडौँ ।
बहराईनमा रहेका ३ जना नेपाली कामदारलाई कोरोना भाईरसको संक्रमण भेटिएको छ । यद्यपी उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको जनाईएको छ । उनीहरु अलग–अलग कम्पनीमा कार्यरत थिए ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताउँदै एक महिलासहित ३जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको जानकारी दिए । उनले क्वारेन्टाइन निकै व्यवस्थित रहेको बताए।
उनीहरु कार्यरत कम्पनीमा रहेका कामदारलाई पनि निगरानीमा राखिएको उनले बताए। बहराइनमा हालसम्म ३०५ जनामा कोरोनाको संक्रमण देखिएको छ।