९ चैत,विराटनगर ।
कोरोनाभइरस (कोभिड १९)को संक्रमण महामारीको रुपमा विश्वव्यापी फैलिरहेको वर्तमान परिप्रेक्ष्यमा मोरङ ब्यापार संघले जिल्लाका विभिन्न स्थानहरुमा त्यसको रोकथाम र नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले सेनिटाइजर वितरण गरेको छ ।

व्यापार संघले आफ्ना जिल्लाभरिका ९ वटा शाखाहरु र प्रदेश तथा जिल्ला स्तरीय पत्रकार महासंघहरुलाई आ–आफ्नो स्थानबाट वितरण गरिदिन १लाख १० हजार बराबरको सेनिटाइजर सहयोग स्वरुपउ उपलब्ध गराएको हो ।

संघको सामाजिक उत्तरदायित्व अनुरुप अध्यक्ष प्रकाश मुन्दडाले मोरङ जिल्लाभरी रहेका आफ्ना शाखाहरु मार्फत सेनिटाइजर वितरण गरेहो हो । संघले सर्वसाधारणका लागि आफ्नो भवन अगाडी साबुनपानीको व्यवस्था समेत गर्ने भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top