९ चैत, विराटनगर ।
विराटनगरका एक युवाले कोरोनाका संक्रमण फैलिए आवश्यक पर्ने क्वारेन्टाइनका लागि उपयोग गर्न भन्दै होस्टल निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन । युवा नेता तथा सामाजिक अभियान्ता राकेश रोशन यादवले क्वारेन्टाइनका लागि आफ्नो होस्टेल निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको आफ्नो नेपाल होस्टेल निःशुल्क उपलब्ध गराउने उनले बताएका छन् । रोशनले आइतबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई भेटेर कोरोना भाइरस विरुद्ध लड्नकालागि आवश्यक परेको खण्डमा प्रदेश सरकारले प्रयोग गर्न सक्ने बताएका छन् ।

विराटनगर देशकै एक प्रमुखनाका भएको र यहाँबाट ओहोरदोहोर गर्नेको संख्या अत्यधिक भएको उल्लेख गर्दै उनले कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण भएको बताएका छन् । उनले प्रदेश सरकारको यस महामारी विरुद्धको महाअभियानमा काँधमा काँध मिलाई अगाडि बढ्ने दायित्वबोध गर्दै, यस प्रदेशको बासिन्दा भएको नाताले प्रदेशमा संक्रमण हुन नदिन आफुहरुको पनि प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top