भोलिदेखि एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

९ चैत, काठमाडौँ ।

सरकारले सोमबारदेखि एक हप्तासम्म छिमेकी देश भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । आईतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

भोली बिहान १० बजेदेखि नाका बन्द गरिने जनाईएको छ । यसअघि सरकारले सीमा नाका बन्द गर्न नसकेको भनेर आलोचना हुँदै आएको थियो ।

Scroll to Top