कोरोनाविरुद्ध लड्न सरकारले खडा गर्यो ५० करोडको केन्द्रीय कोष

कोरोनाविरुद्ध लड्न सरकारले खडा गर्यो ५० करोडको केन्द्रीय कोष

९ चैत, काठमाडौं ।
कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले ५० करोडको केन्द्रीय राहत कोष खडा गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो । यो कोषमा सबैलाई सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब कोषमा जम्मा गर्ने निर्णयसमेत भएको जनाईएको छ । त्यस्तै बैठकले भोलीदेखि कम्तीमा एक सातालाई छिमेकी मुलुक चीन र भारतसँगका सबै सीमा बिन्दुहरु बन्द गर्ने निर्णय समेत गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.