कांग्रेस बैठक आज पनि जारी

काठमाडौं, चैत १०
नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आज पनि जारी छ । निर्वाचनको समीक्षा गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा हिजोदेखि सुरु भएको काँग्रेस केन्द्रिय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आ—आफनो धारणा राख्ने क्रम जारी छ ।

बैठकको शुभाम्भ गर्दै हिजो पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको समग्र विषयमा समिक्षा गर्ने एजेन्डा प्रस्तुत गरेका थिए । निर्वाचनको समग्र विषयमा समिक्षा हुने गरी छलफल अघि बढाउनेगरी सभापति देउवाले एजेन्डा पेश गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठक निर्वाचनमा पार्टी पराजय हुनुको कारणको खोजी गर्न केन्द्रित हुने पनि प्रवक्ता शर्माले बताए । बैठकमा पूर्व महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आफ्नो धारणा राख्दै पार्टी नेतृत्वकै कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको आरोप लगाएका थिए ।

पूर्व महामन्त्री सिंहले बैठकमा लिखित प्रस्ताव पेश गर्दै तत्काल महासमिति बैठक बोलाएर पार्टीलाई सशक्त बनाउन पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

नेता सिंह र सिटौलाले पार्टी सभापति देउवा नेतृत्वको सरकारको जनविरोधि कामका कारण पनि पार्टीले निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु परेको आरोप लगाए । बैठक अझै केही दिन लम्बिनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top