पाँचथर, चैत १०
पाँचथरको सदरमुकाम फिदिमबाट सुभाङतर्फ गइरहेको पिकअपले भ्यानले ठक्कर दिँदा पाँचथर हिलिहाङ ५ का ४२ वर्षीय मोहमलाल रणपहेलीको घट्नास्थलमै मृत्यू भएको छ ।
घट्नामा उनकी ३२ वर्षीया श्रीमती चन्द्रकला रणपहेली गम्भिर घाइते भएकी छिन । फिदिमबाट सुभाङतर्फ जाँदै गरेको मे १ ज १८०९ नम्वरको पिकअपले बाटोमा हिडिरहेका रणपँहेली दम्पतिलाई ठक्कर दिएको थियो ।
ठक्करका कारण गम्भिर घाइते भएकी इन्द्रकलालाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि विएण्ड सि अस्पताल झापातर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रेम साहले जानकारी दिए । घटनापछि चालक अजिम सुहाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।