Nepal Times
Nepal Times
3
Shares

बुढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक महोत्सव हुने

बुढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक महोत्सव हुने

विराटनगर, चैत १०
यही चैत १५ गतेदेखि मोरङको बुढीगंगा गाउँपालिकामा ,बुढीगंगा कृषि तथा औद्योगिक महोत्सव आयोजना हुने भएको छ । वुढीगंगाको पहिचान हाम्रो अभियान भन्ने नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ मेला आयोजना गरिने भएको हो ।

समाज विकास केन्द्र नेपालद्धारा आज विराटनगरमा पत्रकार सम्मेलन गरी यही चैत १५ गते देखि २५ गतेसम्म वुढीगंगा –३ गोकुवा चौकमा महोत्सव संचालन गर्ने जानकारी दिइएको हो ।

मेलामा ४९ वटा स्टल रहने जनाईएको छ । मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, जुत्ता, चप्पल, कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा र भोजपुर लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन विक्री वितरणका लागि राखिने केन्द्रका अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले बताए ।

महोत्सवमा स्थानीय थारु , राजवंशीको मौलिक खाद्य परिकार समेत राखिने छन । महोत्सव संचालन गर्न ३८ लाख खर्च लाग्ने छ भने २ करोड रुपैया वरावरका कारोवार हुने आयोजकले अनुमान गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.