१० चैत, काठमाडौं । निजी शिक्षालयका तीन संस्थाले सरकारलाई २ हजार बेडसहितको स्थान उपलब्ध गराउने भएका छन्।
प्याब्सन, एनप्याब्सन र हिसानले उल्लिखित बेड राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन सहयोग गर्ने वचन दिँदै यसका लागि आवश्यक पर्ने सुरक्षाकर्मी र चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा क्वारेन्टाइन र आइसोलेसन निर्माण र सहयोग गर्न बसेको बैठकमा उक्त छलफल भएको प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले जानकारी दिए।