सीमा नाका र अन्तर्रा्ष्ट्रिय हवाई सेवामा प्रतिबन्ध लगाउने निर्णयविरूद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

१२ चैत ७६, बुधबार
Share this
688shares

१२ चैत, काठमाडौं । सीमा नाका र अन्तर्रा्ष्ट्रिय हवाई सेवाबाट नेपाल आउन प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले तत्कालै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Advertisement

न्यायाधीश डम्बर शाहीको इजलासले थप छलफल गरेरमात्र यसमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने सर्वोच्च अदालतले जनाएको छ ।
थप छलफलका लागि रिटका दुवै पक्षलाई अदालतमा बोलाउने आदेश गरेको छ।

सीमा नाका बन्द गर्नुको कारण समेत सर्वोच्चले सरकारसँग मागेको छ। कोरोनाभाइरस फैलिने सन्त्रास बढेपछि सर्वोच्च आफैंले १५ दिन अत्यावश्यक सेवाबाहेक अरू सेवा बन्द गरेको थियो।

Advertisement

यसैबीच अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले कोरोनाका बेला नेपाल प्रवेशमा रोक लगाउन नहुने भन्ने रिट दिएका थिए जसमा सर्वोच्चले थप छलफल आवश्यक देखेको छ।

विपद्को बेलामा आफैंले आफ्ना नागरिकहरू खोजेर ल्याई उपचारलगायतका व्यवस्था गर्नुपर्नेमा वैधरूपमा नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न असहज बनाएको र त्यसले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन गरी पाशविक व्यवहार गरेको जिकिर उनीहरूको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top