जाजरकोटमा व्यक्तिगत सुरक्षा सामग्री नहुँदा उपचारमा समस्या

११ चैत ७६, बुधबार

१२ चैत्र, जाजरकोट ।
कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) नहुँदा चिकित्सकलाई समस्या भएको छ ।

स्वास्थ्य सेवा कार्यालयमा पुग्ने बिरामीको उपचारमा पिपिईबिनै खटिनुपरेको चिकित्सकको भनाइ छ । स्वास्थ्य संस्थामा आउने बिरामीलाई मास्कमात्रै लगाएर चिकित्सकले जाँच गरिरहेको डा.भूपेन्द्रप्रकाश मल्लले बताए।

“कस्तोखालको बिरामी हो ? के हो ? भन्ने यकिन थाहा पाउनका लागि शुरुमा हामी पहिला सुरक्षित हुनुपर्ने हुन्छ तर हामीसँग सुरक्षाको कुनै पनि साधन छैन”, डा मल्लले भने।

कोरोना मात्र नभएर अन्य सङ्क्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पिपिईबिना सुरक्षित नहुने भए पनि ती सामग्री नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पिपिई लगाएर मात्र उपचारमा खटिनु पर्छ । पिपिईले कपालदेखि पैतालासम्म छेक्ने भएकाले भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोकिने चिकित्सकको भनाइ छ ।

जाजरकोट जिल्ला अस्पतालमा कोभिडका बिरामी राख्न तयार भएको आइसोलशनमा पिपिई नहुँदा सङ्क्रमित बिरामी आएमा कसरी उपचार गर्ने समस्या रहेको छ। अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भने, ‘श्यया छुट्याऊ, बिरामी आए उपचार गर भन्ने निर्देशन छ तर सुरक्षा सामग्री दिइएको छैन, सयौँको सङ्ख्यामा बिरामी आए भने हामीसँग स्रोत, साधनबिना कसरी उपचार गर्ने ?”

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले भने, ‘हामीसँग पैसा छ, किन्नका लागि सामग्री छैन।” त्यस्तै टाढैबाट ज्वरो नाप्नका लागि चाहिने उपकरण नहुँदा अर्को समस्या भएको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, “आरआर गन, थर्मल गन ल्याउने कामका लागि पहल भइरहेको छ, जुनिचाँदे गाउँपालिकामा औषधि कम भएकाले औषधि खरिदका लागि सबै ठाउँमा सम्पर्क बढाएको छ।”

विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ भने भारतबाट आएकाको खोजी कार्य जारी रहेको जुनिचाँदे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए।

सोमबार नेपालगञ्ज बहुमुखी क्याम्पसबाट क्वारेन्टाइन तोडफोड गरी भागेर जाजरकोट आएका भेरी नगरपालिका–११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लिले खड्का र परवीर महतारालाई जाँच गरी सुरक्षित ठाउँमाखिएको प्रजिअ पन्तले जानकारी दिए।

जिल्लामा खाना पकाउने ग्यासको अभाव हुन नदिन व्यापारीलाई नेपालगञ्ज पठाएको उनले बताए। सरकारले घोषणा गरेको ‘लक डाउन’ पूरै पालन भएको प्रजिअको भनाइ छ।(रासस)

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top