कोरोना संक्रमित युवतीसंगै आएका चितवनका अन्य ६ जनाको खोजी कार्य जारी

१२ चैत, चितवन । फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी युवतीको परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएसँगै कतार एयरवेजबाट युवतीसंगै आएका चितवनका ६ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

गएको चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको विमानबाट नेपाल आएकी एक १९ वर्षीया युवतीलाई सङ्क्रमण देखिएको थियो ।
उनीसँगै विमानमा आएकामध्ये ६ जना चितवन आइपुगेको जानकारी पाएपछि चितवन प्रहरीले खोजी सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेस्कको निर्देशनअनुसार ६ जनालाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहितको पत्र जिल्ला प्रशासन कार्यालय चितवनलाई पठाइएको छ ।

पत्रमा उल्लेख भएअनुसार त्यस विमानबाट चितवनमा पुग्नेहरुमा पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, सुरेश गुरुङ, दीक्षा कँडेल र शम्भु नेपाली रहेका छन् ।

प्रहरीले उनीहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाइ पठाउन प्रशासनसँग आग्रह गरेको छ । उनीहरुमा पनि संक्रमण फैलिन सक्ने आशंकामा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top