सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने

१७ चैत, काठमाडौं । सरकारले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ ।

Advertisement

राजश्व धेरै उठ्ने गाडीको आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको हो। सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने भएको छ।

सरकारका प्रवक्ता तथा अर्थन्त्री डा युवराज खतिवडाले कोषले दिने नेपाली रुपैयाँ १३ अर्ब बराबरको ऋण लिने निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले यो ऋण निब्र्याजी हुने बताए ।

Advertisement

त्यस्तै महामारी रोकथामका लागि भन्दै विश्व बैंकले दिने ऋण तथा सहायता स्वरुपको नेपाली रुपैयाँ ३ अर्ब बराबरको लिन वार्ता समिति बनाउने निर्णय गरिएको जानकारी दिए। एसियाली विकास बैंकले दिने सहायता पनि स्वीकार गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top