बुटवलको आइसोलेसनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

१७ चैत २०७६, सोमबार
Share this
711shares

१७ चैत, बुटवल । आइतबार बुटवलमा आइसोलेसनमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीलाई कोरोना संक्रमण देखिएन ।

Advertisement

‘दुईपटक परीक्षण गर्दा पनि उहाँको रिपोर्ट नेगेटिभ आएको जानकारी पाएका छौं,’ गौतमले भने। रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राति रूपन्देहीको सैनामैना नगरपालिका(४ सिसौडांडास्थित भाडाको कोठामा पुगेका थिए।

दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए। अस्पतालले आइतबार बिहान उनको मृत्यु हुनुअघि स्वाब निकालेर काठमाडौं पठाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top