१७ चैत, काठमाडौँ ।
युवा पुस्तामाझ लोकप्रिय नायक अनमोल केसी २५ औँ वर्षमा प्रवेश गरेका छन् । उनी आज आफ्नो २५ औँ जन्मदिन मनाउँदै छन् । अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता बोम्जनका पहिला र एकल सन्तान अनमोल युवा पुस्तामा निकै लोकप्रिय छन् ।
चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्रमा पाइला चालेका अनमोलले हालसम्म १० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी पछिल्लो समय चलचित्र ‘ए मेरो हजुर ४’मा आबद्ध छन् ।
कोरोना भाइरसको त्रास र सङ्क्रमणको सम्भावना बढेपछि सरकारले लागु गरेको लक डाउनमा कारण चलचित्रको छायाङ्कन राकिएपछि अनमोल यति बेला घरमै छन् ।









