क्षयरोग दिवशमा फलफूल वितरण

१० चैत ७४, शनिबार
Share this
693shares

विराटनगर, चैत १०
सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने नाराका साथ आज विराटनगरमा विश्व क्षयरोग दिवश मनाइएको छ ।

Advertisement

दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्थाको होस्टेलमा बसेर उपचार गराइरहेका क्षयरोगीहरुलाई फलफूल वितरण गरिएको थियो ।

नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत ध्रुव उराव लगायतले फलफूल वितरण गरेका थिए ।

Advertisement

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ट अधिकृत उरावले क्षयरोग दर घटे पनि रोगी पहिचान गर्न समस्या रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका पूर्व अध्यक्ष श्रेष्ठले सबैले मिलेर क्षयरोग न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top