विराटनगरका अस्पतालले भर्ना लिन नमान्दा एक बिरामीको मृत्यु

१९ चैत, विराटनगर । विराटनगरका अस्पतालले भर्ना लिन नमान्दा उच्च रक्तचाप भएकी एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।

अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ घण्टापछि अस्पतालले मृत घोषणा ग¥यो ।

मंगलबार विहान करिब ६ बजे बेहोस भएकी गुरुङलाई आफन्तले एम्बुलेन्स खोजेर धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका थिए । विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर ग‍रेको थियो ।

Advertisement

न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गर्यो । विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठाएको थियो । विहान बेहोस भएकी र दिनभर अस्पताल चहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए । नोबल मेडिकल कलेजले अन्त्यमा भर्ना लियो तर समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको छोरी लक्ष्मीको गुनासो छ ।

धरानको रेफरपछि न्यूरोले भेन्टिलेटर खाली नभएको बताएको थियो । विराटले कुनै कारण नदेखाई रेफर गर्‍यो । उच्च रक्तचापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले बताइन् । न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराई अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण विरामीलाई रेफर गरेको बताउँछन् । बिरामीका कोरोना संक्रमणको शका नभएको बताउँदै उनले न्यूरोमा भेन्टिलेटर नै खाली नरहेको बताए ।

Advertisement

विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक सामाग्री नभएको बताए । स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारसँग पीपीई माग गरिएको उनले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top