Nepal Times
Nepal Times
3
Shares

लकडाउनले बृद्ध आमालाई लछारो, भोकै रात काट्दै

लकडाउनले बृद्ध आमालाई लछारो, भोकै रात काट्दै

१९ चैत, विराटनगर । बिराटनगर १ को सिंगिया खोलाको किनारमा सानो झुपडीमा एकजना बुढी आमा बस्नु हुन्छ । १२ बर्षे नातिसंग बस्ने ति आमालाई आफ्नो भन्दा बढी नातिको चिन्ताले सताउन सुरु गरिसकेको थियो । अरुको घर घरमा गएर भाडा माझ्ने, लुगा धुने काम गर्ने ति आमाले संक्रमण फैलिएकाले कामहरु बन्द भएको मात्र थाहा पाएकी थिईन । अन्य धेरै जानकारी थिएन ।

लगातारको लगडाउनले देश ठप्प भएका बेला २ दिन देखी आमाको चुलो पनि ठप्प थियो । छिमेकीहरुले दिएको सातु र चिउराले आमाले आफ्नो र आफ्नो नातिको भोक मेटाउन बाध्य थिईन । कोरोनाको त्रास भन्दा बढी भोकको त्रासले आमाको हात खुट्टा कामेका थिए ।

विराटनगरको वडा नं १ का वडाध्यक्ष उद्दव अर्यालले वडाभरीका अन्यन्त बिपन्न परिवारको लगत संकलनका लागि युवाहरुको सहयोग खोजे । युवा अभिषेक भट्टराई र सन्तोष दाहाल यसका लागि तयार भए । वडा भरी लगत संकलनमा गएका यी जोसिला युवाहरु जानकारी संकलन गर्ने क्रममा ति आमाको घरमा पुगे । खोलाको किनारमा रहेको त्यो सानो झुपडीको पिडाको बारेमा उनीहरु अनविज्ञ थिए । अन्य घरहरुमा जस्तै सोधपुछ गर्ने क्रममा ति आमाले र नातिले खाना नखाएको खबरले , उनीहरुलाई खिन्न बनायो । उनीहरु भावुक भए । लामो समय सम्म त्यँहा बस्न सकेनन । हत्तपत्त त्यहाँबाट निस्किए । अलि वर राखेको बाईकमा चड्नु अघि दुबै जानाले आफ्नो आफ्नो गोजी छामे । सन्तोषले संग तत्काल ३८५ र अभिषेक संग ३१० रुपैया रहेछ । रकम बोकेर सामान के के लाने भन्दै सल्लाह गर्दै बाईकमा भट्टा चोक तिर निस्किए । सल्लाह भयो , ५ के.जी चामल, १ के.जी दाल , २ के.जी चिउरा , १ लिटर तेल र केही चाउचाउको प्याकेट ।

अहिलेलाई यति , केही आवश्यक रहेछ भने सोधेर लगौला। यति भयो भने केही दिन छाक टर्छ भन्दै एकअर्का संग गफ गर्दै सामानको पोको बोकेर आमाको घर सम्म पुगेर सामान आमाको हातमा दिए । आमाको आँखाबाट आशुको धारा बर्सियो । आमा संगै युवाहरुको पनि आँखा रसायो । देश भरी लकडाउनको अवस्था छ । सम्पुर्ण कामहरु ठप्प छन । हुने खानेले आफुलाई चाहिने सामग्री जोहो गरेर घरमा बसेर लकडाउन सफल बनाउदै होलान तर दैनिक ज्याला मजदुरी गर्नेहरुको घरमा चुलो बल्न छाडिसकेको छ । उनिहरुमा भोकको त्रास छ ।

के हुदैछ कति दिन भन्ने प्रश्न मनमा छ तर जवाफ दिनेहरु संग पहुँच छैन । समाचार, सामाजिक संजाल , संचारको प्रयोगमा उनीहरु छैनन । राहत पाईन्छ की भन्ने आशामा छन तर काहाँ जाने थाहा छैन , थाहा भए पनि शासकहरुको अगाडी आवाज निस्किदैन । काम छैन, खाध्यान्न छैन, सरकार संग माग्ने आट छैन माग्ने आट गरिहाले पनि उनिहरु प्रति गरिने व्यावहारले उनिहरुमा त्रास छ। यि आमा त एक प्रतिनिधि पात्र मात्र हुन , कैयौ आमा , वुवा , दाजु , बहिनीहरु अहिले भोकको आगोले पटुकी बाधेर रात काट्न बाध्य छन । सरकार भोकाहरुको लागि खाध्यान्न बाड्न जरुरी छ । अहिले बाडिरहेको मास्क र सेनिटाईजर त बाचे चाहिने हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.