×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

ओम्‍नीसँगको विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

१९ चैत्र २०७६

१९ चैत, काठमाडौँ ।
सरकारले मेडिकल सामाग्री खरिदका लागि ओम्नी समुहसंग गरेको सम्झौता रद्द गरेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिदै गएको र नेपालमा पनि कोरोनाका पोजेटिभ विरामी देखिएपछि सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धी मेडिकल सामाग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसंग सम्झौता गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खरिद सम्झौता रद्द भएको जानकारी दिएका हुन् ।

सम्झौतामा उल्लेख भए अनुसारको सामान निर्धारित समय भित्र ल्याउन नसकेकाले ओम्नीसंगको सम्झौता रद्द गरिएको उनले बताए । उनले आवश्यकताको १० प्रतिशत मात्रै सामान आएको र सो सामानले केही समयका लागि पुग्ने भएकाले थप सामाग्री ल्याउनका लागि सरकारले भोली देखि नै नयाँ प्रक्रिया सुरु गर्ने पनि जानकारी दिए ।

उनले भने– “कुल कबोल अंकको १८ प्रतिशत मात्रै सामान ल्याएको र अन्य सामान नल्याएकाले आज मैले त्यो सम्झौता रद्द गरेको छु र कालो सूचीका लागि आग्रह गर्नु भनेको छु । हामीले तुरुन्तै भोली नया टेण्टर प्रक्रिया सुरु गर्दै छौ । ३ दिन भित्र सप्लायर्सको प्रस्ताव आएपछि सबै भन्दा कम भएका संग सम्झौता गर्छौ ।”

उनले कुनै पनि अस्पताललाई मेडिकल सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाउँदै स्वास्थ्य सामाग्रीको अभावमा विरामीको उपचारमा सम्झौता नगर्न पनि अनुरोध गरे । विश्वस्तरमा संक्रमणको फैलावट तिब्र हुदै गएपछि थप सामान किन्नका लागि सरकारले प्रक्रिया अघि बढाएको भन्दै उनले सो क्रममा भएका छलफलको फेयरिस्त नै सुनाए ।

उनले ओम्नीसंग गरिएको खरिद सम्झौता बजार भाउ भन्दा २० प्रतिशत बढी भएको पनि स्वीकार गरे ।उनले भने– “बजार भाउ भन्दा २० प्रतिशत बढी थियो । बढी छ । तर ३० तारिक भित्र ल्याउनुपर्ने थियो । सबै सामान नआएकाले सम्झौता रद्द गरियो ।”

उनले र्यापिट टेस्ट किट परीक्षण पछि आवश्यकता हेरेर प्रयोग गर्ने स्पष्ट पारे । र्यापिट टेस्ट किटको परीक्षण गरेपछि मात्रै पेमेण्ट गरिने पनि उनले बताए । उनले भने “र्यापिट टेस्ट किट संसार भरी प्रयोग हुन्छ । अहिले चाईना सरकारले १९ वटा कम्पनीलाई मात्रै मान्यता दिएको छ । आईसकेको टेस्ट किटहरुको परीक्षणको क्रममा नै छ । परीक्षण भएपछि पास भएपछि मात्रै लिन्छौ र पेमेण्ट गर्छौ । ”

संक्रामक रोगको टेष्ट गर्दा जहिले र जहाँ पनि सेन्सेटिभिटी र स्पेसिभिटी हुने उल्लेख गर्दे उनले समुदायमा संक्रमण देखिएको र महामारी फैलिएको अवस्थामा मात्रै र्यापिट टेस्ट किट प्रयोग गरिने बताए । उनले भने– “७५ हजार टेस्ट किट किनेका छौ । अहिले हामीले प्रयोग गर्दैनौ । भोलि महामारी भयो भने । ५ सय भन्दा बढी विरामी भए भने तुरुन्तै हामीले त्यो टेष्ट प्रयोग गर्नु पर्छ । सबै ठाउँमा प्रयोग गर्नुपर्छ ।”

अन्तराष्ट्रिय अनुभव, सल्लाह, सुझाव र वर्तमान आवश्यकता अनुसार नै मन्त्रालयले काम गरिरहेको भन्दै अनावश्यक रुपमा प्रश्न उठाएर जनतामा नकारात्मक संदेश फैलाउने काम नगर्न पनि उनले संचारक्षेत्रलाई आग्रह गरे । उनले भने– “हरेकले प्रश्न उठाउ पाईन्छ तर प्रश्न बुझेर उठाउनु पर्छ । जनतामा नकारात्मक संदेश नजाओस् । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल र नेपालीको स्वास्थ्यका लागि दत्तचित्त छ । दिन रात काम गरिरहनुभएको छ । उहाँहरुको मनोबल गिराउने नभई बढाउने काम गरिनु पर्छ । ”

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top