वीरगन्जमा राहत बाँड्ने विषयमा झडप, १२ जना घाइते

१९ चैत ७६, बिहीबार

१९ चैत, वीरगन्ज ।
वीरगन्जमा लकडाउनमा विपन्न परिवारलाई राहत वितरणका लागि लगत संकलन गर्ने क्रममा दुई समूहबीच झडप भएको छ । वीरगन्ज महानगरपालिका १९ विन्दवासनीमा भएको झडपमा १२ जना घाइते भएका छन् ।

राहत बाँड्न वडा समितिले तयार पारेको नामावलीको परिवार संख्या पहिचान गर्ने क्रममा बुधवार बिहान दुई समूहबीच झडप भएको हो। घाइतेमध्ये अधिकांशको टाउको फुटेको छ , हात भाँचिएको छ । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

लकडाउनको समयमा आपत्मा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन महानगरपालिकाले वडालाई एक लाख २५ हजार रुपैयाँ पठाएको थियो। जसका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा सर्वदलीय राहत वितरण समिति गठन भएको थियो।

Advertisement

मंगलवार वडा समितिको कार्यालयमा बसेको सर्वदलीय बैठकले आपतमा परेका वास्तविक परिवार संख्याको विवरण संकलन गर्न दुईवटा समिति बनाइएको थियो। समितिले नामावली संकलन गरेपछि राहत वितरण गर्ने निर्णय भएको थियो।स्थानीयका अनुसार समितिका सदस्यले आफू निकटका व्यक्तिहरुको मात्र नाम संकलन गरेको आरोप लगाउँदै उपेन्द्र यादवको पक्षले विरोध गर्दा झडप भएको हो।

विरोधपछि भएको झडपमा दुवै पक्षका व्यक्ति घाइते भएका छन्। झडपमा घाइते भएका समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा उपेन्द्र र उनका परिवारका सदस्यले अनावश्यक विवाद खडा गरी आफूमाथि कुटपिट गरेको बताए।

Advertisement

उक्त झडपमा उपेन्द्रको पक्ष समेत घाइते भएका छन्। अस्पतालमा उपचार गराइरहेका उपेन्द्रका अनुसार समितिमा रहेका प्रभु यादवले प्रभावित परिवारको लगत संकलनमा पक्षपात गरेका कारणले आफूले विरोध गरेको दाबी गरेका छन्।

वडा अध्यक्ष सन्तोष तिवारीका अनुसार राहत वितरणका लागि नामावली संकलन गर्ने विषयमा झडप भएको हो। वडा अध्यक्ष तिवारीले भने, ‘ नामावली संकलन गर्ने क्रममा बुधबार झडप भएको हो।’ झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको उनले जनाए।(कान्तिपुरबाट)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top