सातै प्रदेशमा कोरोना भाइरसको परीक्षण सुरु

२० चैत, काठमाडौं । सरकारले उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण धमाधम अगाडि बढाएको छ । सरकारले सातै प्रदेश अन्तर्गत रहेका अस्पताललाई परीक्षणको लागि मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको आशंका भएका व्यक्तिहरुको परीक्षण सुरु गरिएको हो ।

धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको छ । धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको र परीक्षण गरिएका सवैको रिपोर्ट नेभेटिभ आएको प्रतिष्ठानको भनाई छ ।

त्यसै गरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन वाँकी रहेको छ ।

Advertisement

प्रदेश नं २ को जनकपुर, सुदुरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि आजबाट नमुना परीक्षण गर्ने काम हुन लागेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

उनका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिन सहित सम्पूर्ण सामाग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला संचालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ । (रासस)

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top