२० चैत, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाको रोकथामकालागि प्रदेश १ सरकारले खडा गरेको कोरोना जन सुरक्षाकोषमा रकम जम्मा हुने क्रम जारी छ । यो विपतलाई संगै र सबैमिलि सामना गर्ने लक्ष्य राखी बिभिन्न दाताहरुबाट रकम संकलन हुने क्रम बढिरहेको छ ।
कोषमा कुमारी बैंक प्रदेश १ शाखाले पनि १० लाख रकम सहयोग गरेको छ । प्रदेश १ मुख्यमन्त्री शेरधन राईलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेको कुमारी बैंक प्रदेश १ शाखा प्रमुख मनिषकुमार श्रेष्ठले नेपाल टाइम्सलाई जानकारी दिए ।
कुमारी बैंकका प्रत्येक प्रदेश शाखाबाट दश दश लाखगरि ७ वटै प्रदेशबाट कुल ७० लाख सहयोग गरिने श्रेष्ठले जानकारी दिए । यसअघि बुधबार मात्रै प्रदेश १ सरकारले कोरोना जन सुरक्षाकोषमा ११ करोडभन्दा बढी रकम जम्मा भईसकेको जनाएको थियो ।
यो कोषमाप्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाजम्मा गरेका छन्् ।