साहरुखले ५५ सय विपन्न परिवारलाई १ महिना खाना खुवाउने

२२ चैत ७६, शनिबार

२२ चैत, एजेन्सी ।
अभिनेता शाहरुख खानले एक महिनासम्म मुम्बईका ५५ सय विपन्न परिवारलाई दैनिक खाना खुवाउने भएका छन् । कोरोना रोकथाम गर्नको लागी भारत सरकारले लकडाउन गरेपछि छाक टार्न समस्या भएका परिवारलाई उनले एक महिना खाना खान खाद्य सामाग्री सहयोग गर्ने भएका हुन् ।

Advertisement

उनले आफ्नो र आफ्नो कम्पनी रेड चिल्लीका तर्फबाट सो सहयोग गर्ने बताएका छन् ।कोरोना रोकथामका लागि भारत सरकारले खडा गरेको कोषमा पनि धेरै बलिउडका अभिनेता तथा अभिनेत्रीले आर्थिक सहयोग गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top