देशभर लाखौं बिरामीहरूलाई उपचार र औषधि अभावः मानव अधिकार आयोग

२३ चैत, काठमाडौँ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा मिर्गौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक समस्याजस्ता रोगहरूको उपचार अभाव तथा औषधि अपर्याप्तताका कारण देशभर लाखौंको संख्यामा रहेका बिरामीहरू समस्यामा पर्न थालेकामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चिन्ता प्रकट गरेको छ ।

Advertisement

आयोगले आइतबार विज्ञप्ति जारी त्यस्तो गम्भीर प्रकृतिका बिरामीहरूले समयमै उपचार र औषधि नपाएको देशभर गरिएको अनुगमनबाट पाइएको उल्लेख गर्दै तत्काल कोभिड–१९ सहित सबै बिरामीको स्वास्योपचार र औषधिको ग्यारेन्टी गरी सबै नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले विज्ञप्तिमा विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोवेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु भएको, काठमाडौं उपत्यकास्थित समिट, सिभिल, नर्भिकलगायतका अस्पतालहरूले बहिरंग सेवा बन्द गरी सयौं बिरामीलाई फर्काएको, बिरामीहरूले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेकोजस्ता घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै देशभरका सबै अस्पताल, स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा चौबीसै घन्टा खुलाउनसमेत सरकारलाई निर्देश गरेको छ ।

Advertisement

आयोगले विज्ञप्तिमा अनुगमनका क्रममा कतिपय घरबेटीले स्वास्थ्यकर्मीहरूलाई घरमा बस्न नदिएको पाइएको उल्लेख गर्दै तत्काल यस्ता समस्या समाधान गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top