२३ चैत, काठमाडौँ ।
नेपाल भारत मानव विकास एवं मैत्री संघले सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको ३ सय थान पिपिई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।
राज्यमन्त्री मानन्धरले स्वास्थ्य मन्त्रालय पुगी कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पीपीइमन्त्री ढकाललाई हस्तान्तरण गरेका हुन् । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले संघलाई धन्यवाद दिँदै विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान पनि गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले कोरोना संक्रमणको उपचारमा अत्यन्तै महत्वपुर्ण स्वास्थ्य सामाग्री पिपिइले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भुमिका निर्वाह गर्ने बताए । उनले सरकारले टेकुमा मात्रै रहेको प्रयोगशालालाई विस्तार गरी प्रदेश प्रदेशमा पुर्याएको र अझै पनि आवश्यक सामाग्रीहरु पुर्याउने क्रममा रहेको उल्लेख गर्दे संकटको बेला हिलो छ्याप्ने काम छोडी महामारी विरुद्ध हातेमालो गर्न सबैलाई आव्हान गरे । उनले भने “ अभावै अभावले छटपटिराखेका बेलामा सात वटै प्रदेशमा सामाग्री पुर्याईएको छ । हाम्राआग्रहपुर्वाग्रह, हिलो छ्याप्ने कुरा भन्दामाथि उठेर यो महामारीका विरुद्ध हातेमालो गरेर सबैलाई एकसाथ लड्नको निम्ति म हार्दिक आव्हानगर्न चाहन्छु । ”
पीपीइ सेटमा गाउन, भाइजर, पञ्जा, एप्रोन, मास्कलगायत सामान छन् ।