लकडाउन वैशाख ३ गतेसम्म थपियो

लकडाउन वैशाख ३ गतेसम्म थपियो

२४ चैत, काठमाडौँ । सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो ।

म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो । छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.