२४ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणबारे देशवासीलाई सम्बोधनको तयारी गरेको जानकारी दिएका हुन् ।
सम्बोधनको समय भने पक्का भईनसकेको एक मन्त्रीले बताए ।