२४ चैत, काठमाडौँ ।
अभिनेत्री पूजा शर्माले चलचित्र प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने भएकी छिन् ।
कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण फिल्म सम्बन्धी काम बन्द हुँदा समस्यामा परेका चलचित्रसँग सम्बन्धित ज्याला मजदुरी गर्ने प्राविधिकहरूलाई पुजाले सो सहयोग गर्ने भएकी हुन् ।
अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यान्न सामाग्री किनेर प्राविधिकहरूलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । यसै गरी अभिनेत्री वर्षा राउतले पनि ५१ हजार नगद सहयोग गरेकी छिन् ।
यसअघि अभिनेता पल शाहले ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।









