आजका प्रमुख खबरहरुः
१.(आजको अपडेट)
कोरोनाको र्या्पिड टेष्ट परीक्षणगर्न अब आठ जिल्ला मात्र बाँकी / कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण /४ हजार ९ सय १ जना क्वारेन्टाइनमा /१०३ जना आइसोलेसनमा ।
२.(संक्रमित ठीक हँुदै)
कतार एयरवेजबाट आएका कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको पछिल्लो परीक्षणको नतिजा नेगेटिभ /अर्की संक्रमित १९ वर्षीया युवतीको तेस्रो परीक्षणको नतिजा पनि पोजिटिभ /भारतबाट आएका रूकुमपश्चिमका दुई जनामा पिसिआर परीक्षण पोजेटिभ।
३.(परीक्षण प्रक्रिया)
इटलीबाट फर्किएकी काठमाडौंको बुढानिलकण्ठ निवासी ३१ वर्षीया महिलामा आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ /थप परीक्षण हुदै÷आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका झापाका एक युवकको स्वाब परीक्षण नेगेटिभ ।
४.(अलपत्रको उद्धार हुने)
भारतीय सीमामा अलपत्र नेपाली नागरिकको उद्दार गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश /अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने भन्दै नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउन निर्देशन ।
५.(प्रहरीको विवेक)
सेवा प्रवाह गरी फर्कने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोपमा महाराजगंज वृत्तका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइयो /घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन ।
६.(प्रहरीबाटै असुरक्षित ?)
खाउँदा सिडिओ कार्यालयले दिएको परिचयपत्रनै चाहिने भन्दै धरानका स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनाल माथि पनि प्रहरीद्वारा कुटपिट /कुटपिटपछि आधा दिन धरानका स्वास्थ्य संस्था बन्द ।
७.(मन्त्रीको मन्थन)
कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा निम्तिएको समस्या समाधानका लागि शिक्षा मन्त्री गिरीरामणि पोखरेल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीबीच भिडियो कन्फरेन्स / स्थगित एसइई तथा ११ र १२ को परीक्षाका विषयमा छलफल ।
८.(संस्कारलाई सहुलियत)
भारतको क्वारेन्टाइनमा रहेका दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउन प्रशासनले पहल थाल्यो /भट्टले नेपाल प्रवेश नपाएपछि क्वारेन्टाइनमै आमाको किरियामा ।
९.(कांग्रेसको कसरत)
राज्य व्यवस्था तथा सुशासन समितिको भर्चुअल बैठक बोलाउन नेपाली कांग्रेसको माग /कोरोनासँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सरकार चुकेको भन्दै समिति बैठक राख्नुपर्नेमा सांसद डिला संग्रौलाको जोड ।
१०.(ढोका खुल्दै)
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका विभिन्न कार्यालयहरूमा काम गर्ने नेपालीहरूलाई स्वदेश आउन दिइने /स्वदेश फर्काउन राष्ट्रसंघले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पहल गरिदिन आग्रह गरेपछि नेपाल आउने बाटो खुल्यो ।
११.(अत्यावश्यक उडान)
नेपाल एयरलाइन्सले काठमाडौंबाट चीनको ग्वाङजाउसम्म दुई कार्गो उडान गर्ने / निजी क्षेत्रको मेडिकल सामग्री ल्याउनका लागि चीन गएका जहाज भोलि बिहानसम्म काठमाडौं आइपुग्ने ।
१२.(सीमा शिल)
भारतीय सीमा नाका शिल गर्न ७ वटै बाहिनी मुख्यालयबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन /फौज परिचालन गरिएसँगै सीमामा एक चेक प्वाइन्टबाट अर्को चेक प्वाइन्टसम्मको दूरी एक किलोमिटरभन्दा कममा झारियो ।
१३.(पैसाको जोहो)
नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने /मुलुक बाहिर रोजगारीमा संलग्न वा बाहिरबाट फर्केको ६ महिना नपुगेका नेपाली वा गैर–आवासीय नेपालीले बचतपत्र आफूसहित परिवारको नाममा खरिद गर्न सकिने ।
१४.(धन्न पो उठेछ)
लकडाउन बढ्दै जाँदा मुलुकको राजस्व संकलनमा धक्का /भन्सार विभागको विवरण अनुसार लकडाउन अवधिमा जम्माजम्मी दुई अर्ब मात्रै राजस्व संकलन /राजस्व संकलनमा ६७ प्रतिशत कमी ।
र,
१५.(मृतक बढ्दै)
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म एक लाख ३५ हजार बढीको मृत्यु ÷२० लाख ९५ हजार संक्रमित ÷५ लाख २१ हजार निको भएर घर फर्किए ।