×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

मिर्गौलाका रोगी एक बृद्धको र्‍यापिड टेस्ट पोजेटिभ

७ बैशाख २०७७

७ वैशाख, जनकपुर ।
सप्तरीमा मिर्गौलाका बिरामी एक बृद्धको र्‍यापिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको छ।

सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरका ७१ वर्षीय बृद्धको र्‍यापिड टेस्ट गर्दा उनको रिपोर्ट पोजेटिभ आएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दासले जानकारी दिए ।

Advertisement
Advertisement

बृद्धलाई सगरमाथा अस्पतालको आइसोलेशनमा राखिएको छ । र्‍यापीड टेस्ट पोजेटिभ आएकोले उनको थ्रोट स्वाबको नमूना संकलन गरी थप परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

त्यस्तै बृद्धसँगै जाँचको लागि ल्याइएका छोरा (मौलबी) र पत्नीलाई समेत अस्पतालको छुट्टै कोठामा राखिएको र उनीहरुको पनि परीक्षण गरिने मेसु दासले बताए । आरडिटी टेस्टमा पोजेटिभ देखिएका बृद्ध नोवेल अस्पतालमा निरन्तर डायलायसिस गराउँदै आइरहेकोले उनी उच्च जोखिम जोनमा रहेको दासले जानकारी दिए ।

शुक्रबार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितसँग उनको पनि भेटघाट भएको बताइएको छ । १६ जनाको समूह सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा विवाह समारोहमा पनि सहभागी भएका थिए । तर त्यहाँ लकडाउनले गर्दा भारतबाट जन्ती आउन सकेको थिएन।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमख दुनियालाल यादवका अनुसार शनिबार सप्तकोशी नगरपालिका वडा नम्बर १ मा ७४ जनाको र्‍यापिड टेस्ट गरिएको थियो । उदयपुरमा फेला परेका संक्रमित बरमझीया स्थित मस्जिदमा ७ दिन बसेकोले मस्जिदमा सबैको जाँच गर्ने तयारी भइरहेको छ ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top