७ वैशाख, एजेन्सी ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २३ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।
दुई सय १० देशमा फैलिसकेको कोभिड –१९ को संक्रमणबाट आइतबार विहानसम्म १ लाख ६० हजारभन्दा बढिले ज्यान गुमाइसकेका छन् । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।