भिडियो कन्फरेन्सबाटै अभियुक्तको म्याद थप

७ बैशाख ७७, सोमबार

७ वैशाख, काठमाडौँ ।
विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तलाई भिडियो कन्फरेन्सबाटै म्याद थप गरिने भएको छ ।

यसका लागि काठमाडौं जिल्ला अदालत र महानगरीय प्रहरी परिसर टेकु तथा मातहतका ४ वटा युनिटमा सफ्टवेयर जडान गरिएको छ । भिडियो कन्फरेन्सबाट म्याद थप गर्दा आरोपितलाई अदालतमा उपस्थित गराइरहनु पर्ने छैन।

यसअघि आरोपितलाई जिल्ला सरकारी वकिलको कार्यालय मार्फत् म्याद थपका लागि अदालत लगिने गरेको थियो। आइतबार मात्रै महानगरीय प्रहरी वृत्त थानकोट, गौशाला र बौद्धको हिरासतमा रहेका ७ जनालाई न्यायाधीशले भिडियोबाट म्याद थप गराएका छन्।

Advertisement

म्याद थप अघि न्यायाधीश र आरोपितबीच संवाद गराइएको थियो। परिसरका डीएसपी होबिन्द्र बोगटीले पहिलो चरणमा परिसर र केही वृत्तमा आरोपितलाई अदालतबाट म्याद थप गर्न भिडियो कन्फरेन्सबाट सम्पर्क स्थापित गर्ने गरी सफ्टवेयर जडान गरिएको बताए।

अदालतमा उपस्थित गराउँदा जुन नियम र मर्यादा पालना हुन्छ त्यही किसिमले भिडियो कन्फरेन्समा उपस्थित थुनुवा–अभियुक्तलाई व्यवहार हुने छ। त्यसत्रममा हतकडी लगाउन पाइने छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top