×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या

८ बैशाख २०७७

८ बैशाख, काठमाडौँ । 

 पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उनी बताउँछन् ।

Advertisement
Advertisement

गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाएको गुनासो गर्ने गरेका छन् । गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वर पुगे । गौतमका दुवै दाजुभाइ राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भयो ।

राजधानीमा घर हुनेले पनि आफूलाई चाहिने बाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन । यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ । पशुपतिको अत्यावश्यक एवं अतिसंवेदनशील यो सेवा बन्द हुँदा धेरैले गुनासो गर्ने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरु किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताउँछन् ।

‘किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौँ, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ’, उनले भने ।

पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ । २२ कोठा ‘एट्याच बाथरुम’सहितका छन् । जसमा दैनिक रु ५०० शुल्क लिइन्छ । २० वटा कोठामा ‘एट्याच बाथरुम’ को व्यवस्था छैन । यी कोठामा भने दैनिक रु २०० शुल्क लिइने गरेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले जानकारी दिए ।

‘एउटा किरियापुत्रीले राडी मण्डीलगायत सामग्री प्रयोग गरिसकेपछि धोएर अर्कोलाई दिने व्यवस्था थियो, बन्दाबन्दीका कारण धुने सेवा दिने कम्पनीका कामदार आउन नसक्ने भए, नधोइकन अर्कोलाई दिन नसकिनेलगायत स्वास्थ्यसम्बन्धी असुरक्षाका कारण सेवा बन्द गर्न माथिबाट आदेश आएअनुरुप गरेका हौँ’, उनले भने ।

पशुपतिमा घट्न थाले शव

बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव घट्ने क्रम अझै जारी छ । चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक बढीमा १० देखि १५ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

बन्दाबन्दीका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत कम भएकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ । देशविदेशबाट हुने उडान हाल बन्द छ । जसका कारण विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको छ ।

करिब १०० जनाको शव विदेशमै रहेको समाचार हालै सार्वजनिक भएको छ । यातायात सहज नभएपछि उपत्यकाको काठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ । यातायात सहज भएका बेला काठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो ।

राजधानीमा डेरा लिएर बस्ने धेरै मानिस आफन्तको निधन भएपछि पशुपतिमा दाहसंस्कार गरी त्यहीँ काजकिरिया गर्थे । किरियापुत्री सेवा बन्द गरिएपछि ती मानिसले पशुपतिमा शव ल्याउन छोडेका छन् । पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले अन्तिम स्नान गराउन पाइने भएकाले मृतकका आफन्तले आर्यघाट लैजान्थे । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट शवदाहको सेवा उपलब्ध छ । विद्युतीय शवदाहतिर पनि बन्दाबन्दी अघिभन्दा शव घटेको छ ।

हाल पशुपतिमा आउने शवमध्ये धेरै भने विद्युतीय शवदाहमै जलाउन थालिएको छ । आर्यघाट एवं भष्मेश्वर घाटमा जलाउन चार घण्टासम्म लाग्ने र एक शवका कम्तीमा पनि १५० जना मलामी आउँदा भीड बढ्न गई कोरोनाको सङ्क्रमण बढ्न सक्ने भएकाले विद्युतीयतिर आकर्षण बढेको हो ।

विद्युतीय शवदाह गृहमा भने ४५ मिनेटदेखि सवा घण्टासम्ममा शवदाह सकिन्छ । विद्युतीयमा दुई वटा यन्त्र भए पनि एउटालाई सेलाएर मर्मत गर्नुपर्ने भएकाले हाल एउटाबाट मात्र सेवा दिइएको छ । विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । भष्मेश्वर घाटमा ११ वटा चिता छ ।

यसैगरी आर्यघाटमा रु पाँच हजार शुल्क लाग्छ । आर्यघाटमा दुई वटा चिता भए पनि १ नं चिता भने विशिष्ट व्यक्तिका लागि मात्र उपलब्ध हुन्छ । आर्यघाटको २ नं चितामात्र सर्वसाधारणका लागि खुला छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए ।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा शव बढी आउँथे । अन्यत्र शवदाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ । पशुपतिमा शव जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्र भन्दा सहज छ ।

Advertisement

बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले शवदाह नगर्ने भन्दै विरोध जनाएका थिए । यसपछि मृतकका आफन्तले नै शवदाह गरेको जनाइएको छ । बन्दाबन्दीका अवसरमा बेखर्चीलाई शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा पनि कोषले गरेको छ ।–पूर्णप्रसाद मिश्र/रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top