×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

अध्यादेशबाट मूल ऐनको दफा ४८ संशोधन भएसंगै संवैधानिक अंगमा नियुक्ति गर्ने बाटो खुल्यो

१० बैशाख २०७७

१० वैशाख, काठमाडौं । हाल अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा केही आयुक्तको पद रिक्त छ । निर्वाचन आयोगमा पनि पद रिक्त छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ सदस्यको पद खाली छ । यस्तै अन्य संवैधानिक आयोगमा पनि त्यस्ता केही पदहरु रिक्त नै छन् ।

संवैधानिक परिषद्ले त्यस्ता पद पूर्ति गर्न पहल गर्नुपर्नेमा लामो समयदेखि त्यसमा अलमल गरिरहेको छ । परिषद् प्रधानमन्त्रीको अध्यक्षमा अन्य ५ सदस्यीय भई गठन हुने संवैधानिक प्रावधान रहेको छ । परिषद्को बैठक बस्न अध्यक्षसहित अन्य ५ जना सदस्य उपस्थित भएमा गणपूरक संख्या हुने व्यवस्था थियो ।

Advertisement
Advertisement

तर, अध्यादेशमार्फत संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी ऐन–२०६६ मा संशोधन गरी अब संवैधानिक परिषद्को बैठक अध्यक्षसहित ४ जना भए पनि बैठक बस्न पुग्ने गरी गणपूरक संख्या कायम गरिएको छ । उपस्थित ४ मध्ये ३ जनाको राय मान्य हुने पनि अध्यादेशमा उल्लेख गरिएको छ ।

हाल प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष तीनै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हुनुहुन्छ । उपसभामुखको पद हालसम्म पनि पूर्ति भएको छैन ।

प्रधानन्यायाधीश तटस्थ पद हो । हाल विपक्षी दलका रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को सदस्यका रूपमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । यस अर्थमा हाल परिषद्मा नेकपाकै हालिमुहाली रहेको छ । यस्तो अवस्थामा सत्तारूढ दल नेकपाले जसलाई चाहेको छ, उसैलाई भटाभट संवैधानिक अंगमा नियुक्ति दिने गरी निर्णय गर्न सक्ने देखिन्छ ।

नेपालको संविधानको धारा २८४ मा प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् गठन हुने व्यवस्था गरिएको छ । जसको सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख हुन्छन् ।

त्यस्तै राजनीतिक दलसम्बन्धी ऐनले कुनै पनि राजनीतिक दलको संसदीय सदस्य वा केन्द्रीय सदस्यमध्ये जुन ४० प्रतिशत पुगे पनि पार्टी फुटाउने सक्ने गरी मंगलबारदेखि नै बाटो खोलिदिएको छ । अध्यादेशमार्फत संशोधन गरिएको ऐन पनि मंगलबारदेखि नै लागू भएका कारण सो बमोजिम बाटो खुलेको हो ।

ती अध्यादेशमा उल्लेख गरिएका प्रावधान मंगलबार नै छुट्टाछुट्टैरूपमा नेपाल राजपत्रमा प्रकाशित गरिएका छन् । ती राजपत्रमा ‘यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ । पहिलो अध्यादेशको नाम ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७७’ दिइएको छ । त्यस्तै दोस्रो अध्यादेशको नाम ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७७’ रहेको छ ।

मूल ऐनको दफा ३३ को उपदफा (२) मा भएका ‘केन्द्रीय समिति र संघीय संसद् र संघीय संसद्का संसदीय दलका कम्तीमा चालिस प्रतिशत सदस्यले’ भन्ने शब्दहरूका सट्टा ‘महाधिवेशनबाट निर्वा्चित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको कम्तीमा चालिस प्रतिशत सदस्य वा त्यस्तो दलको संघीय संसद्को संसदीय दलको कम्तीमा चालीस प्रतिशत सदस्यले एकैपटक’ भन्ने शब्दहरू राखिएका छन् ।

अध्यादेशबाट मूल ऐनको दफा ४८ लाई पनि संशोधन गरिएको छ । सो दफाको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका ‘दर्ता गरिसकेका दलले’ भन्ने शब्दहरू पछि ‘वा दफा ३३ को उपदफा (२) बमोजिम गठन भएको नयाँ दलले’ भन्ने शब्दहरू राखिएका छन् ।

मूल ऐनको दफा ५२ मा पनि केही प्रावधान थप गरिएको छ । सो दफामा प्रतिबन्धात्मक वाक्यांश राखिएको छ । प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ– ‘तर, राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गरेका दलका सदस्यहरूले दफा ३३ को उपदफा (२) बमोजिम नयाँ दल गठन गरेमा त्यस्तो दलले समानुपातिकतर्फको त्यस्तो प्रतिशत पूरा गर्न आवश्यक हुने छैन ।’

यसै गरी अध्यादेशले दफा ३३ को उपदफा (१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरेको छ । थपिएको बाक्यांशमा ‘तर दफा ३३ को उपदफा (२) बमोजिम गठन भएका दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यले त्यस्तो दल दर्ता भएको साठी दिनभित्र त्यस्तो विवरण पेस गर्नुपर्नेछ’ उल्लेख छ ।

त्यस्तै संशोधन भएको दोस्रो ऐनको दफा ६ को उपदफा (६) लाई झिकिएको छ । सो उपदफामा ‘उपदफा (५) बमोजिम सर्वसम्मत कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन’ भन्ने उल्लेख थियो ।

उपदफा (७) मा भएको सम्पूर्ण प्रावधानलाई हटाई अर्कै प्रावधान राखिएको छ । उपदफा (७) को नयाँ प्रावधानमा भनिएको छ– ‘उपदफा (३) बमोजिम परिषद्को बैठकको गणपूरक संख्या नपुगेमा वा उपदफा (५) बमोजिम निर्णय हुन नसकेमा अध्यक्षले कम्तीमा चौबीस घन्टाको समय दिई पुनः अर्को बैठक बोलाउन लगाउनेछ ।’ हटाइएको प्रावधानमा सर्वसम्मत हुन नसकेमा अध्यक्षले अर्को बैठक बोलाउन सक्ने र सो बैठकमा बहुमतबाट पनि निर्णय हुन सक्ने उल्लेख गरिएको थियो ।

Advertisement

अध्यादेशले उपदफा (७ क) पनि थप गरेको छ । थपिएको सो उपदफामा ‘उपदफा (७) बमोजिम बोलाइएको बैठकमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको गणपूरक संख्या पुगेको मानिनेछ र त्यस्तो बैठकमा अध्यक्षसहित उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ’ भनिएको छ ।
दफा ६ को उपदफा (३) मा कम्तीमा पाँच जना सदस्य भए मात्र संवैधानिक परिषद्को गणपूरक संख्या मानिएको थियो भने अध्यादेशबाट संशोधन गरेपछि अध्यक्षसहित ४ जना भए पनि गणपूरक संख्या मानिएको छ । बैठकमा उपस्थित ४ मध्ये ३ जनाको बहुमतले कुनै पनि विषयमा निर्णय गर्न सक्ने गरी अध्यादेशमा व्यवस्था गरिएको छ । (रासस)

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top