पार्टीको आन्तिरक एकता थप सुदृढ र अन्तिम निष्कर्षमा पुग्छः प्रधानमन्त्री ओली

पार्टीको आन्तिरक एकता थप सुदृढ र अन्तिम निष्कर्षमा पुग्छः प्रधानमन्त्री ओली

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकतालाई थप सुदृढ बनाउन जरुरी रहेको बताएका छन् ।

लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन यो दिनले थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि रहेको समेत उनले बताएका छन्।

सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको उनले उल्लेख गरेका छन्।

नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएकाले अहिलेको अवस्था आइपुगेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्ने सम्पूर्ण नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.