४० हजार बढीको परीक्षण : संक्रमित पुगे ४५,सात जना घर फर्किए

१० बैशाख, काठमाडौँ ।
बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

प्रवक्ता डा. देवकोटाका अनुसार वर्ष २४, ६० र ७२ का पुरुषहरुको नमुना पोजेटिभ देखिएको हो । क्वारेन्टाइनमा रहेका ती संक्रमित व्यक्तिहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

यसैगरी बुधबार २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।सेती प्रादेशिक अस्पतालबाट २९ वर्षिय पुरुष १९ दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ३२ वर्षिय पुरुष २९ औं दिनमा डिस्चार्ज भएका हुन् । मंगलबार सेती प्रादेशिक अस्पतालबाट २९ दिनपछि एकजना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए। बुधबारसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेहरुको संख्या ७ पुगेको छ ।

Advertisement

अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र ¥यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएका छन् । गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको प्रवक्त देवकोटाले बताए । सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन् । देशभरी ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top