२३ टन सिटामोल दिँदै भारतीय राजदूतले गरे नेपालको प्रशंसा

१० बैशाख, काठमाडौँ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एशियाकालागि उदाहरणिय रहेको बताएका छन् । भारत सरकारले सहयोग गरेका अत्यावश्यक औषधि हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड—१९ नियन्त्रणका लागि नेपालको प्रयास उदाहरणिय रहेको बताएका हुन् ।

विश्वव्यापी महामारीका रुपमा रहेका कोभिड—१९ महामारीको सशक्त र सकारात्मक रुपले नेपाल र नेपाली जनताले गरिरहेका सामना प्रशंसनिय मात्रै नभएर एसिया क्षेत्रकालागि उदाहरणिय रहेको उनले बताए । नेपालसँगै क्षेत्रिय देशभित्र सकारात्मक सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै राजदूत क्वात्राले भने, ‘‘पहिलो चरणमा २३ टन औषधि हस्तान्तरण भएको छ । यो भारत सरकार र भारतीय जनताको तर्फबाट भएको सहयोगको उदाहरण हो । अर्को हप्ता थप सहयोग गर्ने वाचा पनि गर्दछौँ ।’’

सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एक साथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको उनले बताए । सहयोग सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि भारतले नेपाललाई सहयोग गर्न गर्छ भन्ने उदारहण दिएको बताए। आफुलाई परेको अफ्ठ्यारोमा पनि छिमेकीको नाताले भारतले गरेको सद्भाव र सहयोगका लागि मन्त्री ढकालले धन्यवाद ज्ञापन गरे ।

Advertisement

भारत सरकारले विभिन्न १८ किसिमका २३ टन औषधि नेपाललाई दिएको हो । प्राप्त सहयोग नेपालकालागि भारतीय राजदूत क्वात्राले स्वास्थ्यमन्त्री ढकाललाई हस्तान्तरण गरे । पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु नेपाललाई सहयोग गरेको हो । औषधिहरु विभिन्न चरणमा प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच बुधबार चीनको तिब्बत सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । १० हजार एन ९५ मास्क, १० हजार थान पिपिइ र एक हजार थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको मन्त्रालयले जनाएको छ । यस्तै दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट ५० बक्स डिसइन्फेक्सन वेट वाइप पनि दिएको छ । सो स्वास्थ्य सामग्री चिनियाँ अधिकारीहरुले बुधबार तातोपानी नाकाबाट नेपालीपक्षलाई हस्तान्तरण गरेको छ । बुधबार साँझासम्म स्वास्थ्य सामग्री काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोले बताए।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top