११ बैशाख, काठमाडौं । नेपाल बिद्यार्थी संघको एक समुहले सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ । बिहिबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन् ।
नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष तथा संबिधान सदस्य रन्जीत कर्णको अगुवाइमा निस्केको बिद्यार्थी समुहले संघिय संसद अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो ।
प्रदर्शनपछि सम्बाददाताहरु सँग संक्षिप्त कुरा गर्दै नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नु पर्ने बताए । नेपाल बिद्यार्थी संघको यो समुहले आजबाट नियमित रुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ ।