मोरङको क्षेत्र नं.३ मा सुनिल शर्माले राहतका लागि दिए ३७ लाख

११ बैशाख ७७, शुक्रबार

११ बैशाख, मोरङ ।
नेपाली कांग्रेसले मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रका कोरोना प्रभावित छ सय परिवारलाई राहत वितरण गरेको छ । कानेपोखरीका चार वटा वडाका कोरोना प्रभावित अति बिपन्न र ज्यालादारी मजदुरलाई कानेपोखरी कांग्रेसले राहत प्रदान गरेको हो ।

पहिलो चरणमा मोरङको क्षेत्र नं.३ अन्र्तगत पर्ने कानेपोखरी वडा नं.४, ५, ६ र ७ का ६ सय परिवारलाई ७ लाख बराबरको राहत वितरण गरिएको कानेपोखरीका कांग्रेस सभापति योगेन्द्र दाहालले जानकारी दिए । कोरोना प्रभावितहरुलाई प्रति परिवार १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन प्रदान गरिएको छ ।

यसैवीच कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले राहत वितरण गर्न कानेपोखरी कांग्रेसलाई सात लाख रकम प्रदान गरेका छन् । योसँगै डा.शर्माले मोरङको क्षेत्र नं.३ का बासिन्दाका लागि प्रदान गरेको राहत रकम ३७ लाख ३६ हजार पुगेको छ ।

Advertisement

यसअघि डा.शर्माले बेलबारीमा कार्यक्रम गरी बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैंचा नगरपालिकालाई राहत वितरणका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top