११ बैशाख, काठमाडौँ ।
कतारमा जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।
कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजा शेख तमिम बिन हमाद अल थानीले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन् ।
जसअन्तर्गत १७ जना नेपालीले पनि आममाफी पाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । रिहाई हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेको जनाईएको छ ।