×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भारतमा अलपत्र दुई नेपाली मजदुर महाकाली नदी तरेर नेपाल प्रवेश

१२ बैशाख २०७७

१२ बैशाख, दार्चुला । लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु नेपाल भित्रिने क्रम अझै रोकिएको छैन । शुक्रबार बिहान दुईजना नेपाली मजदुर भारतबाट महाकाली नदी तरेर नेपाल प्रवेश गरेका छन् ।

लकडाउनका लागि कारण नेपाल–भारत जोड्ने नाकाहरु सिल भएपछि भारतमा रहेका नेपालीहरु कहिले पौडी खेलेर, ट्युब तरेर वा जङ्घार तरेर नेपाल भित्रिन थालेका छन् ।

Advertisement
Advertisement

शुक्रबार बिहान महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट महाकाली नदिबाट जङ्घार तरेर २ जनाले नेपाल प्रवेश गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टका अनुसार मार्मा गाउपालिका ६ निम्ठाका २५ वर्षीय प्रजापति देउरुखी र सोही ठाउँका २२ वर्षीय रेखा बोहरा देउरुखी जङ्घार तरेर नेपाल प्रवेश गरेको बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको महाकाली नगरपालिका विपद् व्यवस्थापन शाखाका संयोजक भुवन जोशीले बताए । नेपाल प्रवेश गर्ने बित्तिकै दुवैजनालाई नियन्त्रणमा लिई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बुझाइएको उनको भनाई छ ।

Advertisement
Advertisement

अवैधरुपमा भारतबाट नेपाल प्रवेश गर्नेक्रम बढेपछि सशस्त्र प्रहरीले जिल्लाका ९ ठाउँमा अस्थायी पोष्ट राखेर सीमामा निगरानी बढाएको भए पनि भारतको विभिन्न ठाउँमा अलपत्र परेको नेपालीहरु विभिन्न माध्यम प्रयोग गरी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top